Thursday, April 1, 2010

दुइ महिनामा शिविर खाली


Big APRIL FOOLS NEWS FROM TITOPIROMITHO.COM.PLEASE DONOT BELEIVE THIS,I HAVE INSERTED JUST FOR FUN AND FOR THE NEWS REPORTER.
हालसम्म पुनर्वास गइसकेका बाहेक नेपालको झापा र मोरङमा रहेका सात शिविरका शरणार्थीहरुलाई आगामी दुइ महिनाभित्रमा अमेरिकाले लगिसक्ने भएको छ । अमेरिका वाहेक अन्य देशका लागि प्रकृयामा रहेका शरणार्थीहरुलाई अमेरिकाले ती देशहरुमा दुइ महिनाभित्रमा लगि सक्नु पर्ने, यदि नसक्ने भएमा अमेरिकालाई जानकारी दिन सात दिनको समयसीमा तोकिदिएको छ । जुन शरणार्थीहरुलाई अन्य देशहरुले २ महिनामा उडाउन सक्दैनन् उनीहरुको प्रकृया अप्रिल १० तारिकदेखि अमेरिकाका लागि शुरु हुने पनि जनाइएको छ ।

आज विहानै नेपालका लागि अमेरिकका कार्यवाहक राजदुत डोनाल्ड क्याम्पले नेपाल टेलिभिजनमार्फत उक्त जानकारी गराएका हुन् ।
उनले भने - परिवारिक विखण्डन, शिविरभित्रका शरणार्थीहरुको असुरक्षा, असामाजिक कृयाकलाप र उछृङ्खलता बढेको शरणार्थीहरुले गुनासो गरेपछि मानविय आधारमा अमेरिकाले यस्तो निर्णय गरेको हो । यो प्रकृया अलिकति जटिल त छ, तर हामी हाम्रो वलवुताले भ्याएसम्म मे महिनाको अन्तिम दिनसम्ममा भए पनि भुटानी शरणार्थीका लागि नेपालमा बनाइएका सातै वटा शिविर खाली गरिसक्नेछौं । उनले अगाडि थपे - पुनर्वासमा जान नचाहनेहरुका लागि एउटा मात्र विकल्प बाँकी रहेको र त्यो विकल्प भनेको दुइ हप्तापछि भुटानमा हुने सोह्रौं सार्क शिखर सम्मेलनमा पर्यवेक्षकका रुपमा गएका अमेरिका लगायतका देशहरुले भुटानसँग उसका नागरिक फर्काउन दवाव दिने, यदि भुटानले फर्काउन नचाहेमा ती शरणार्थीहरुले आफ्नो व्यवस्था दुइ महिनाभित्रमा आफैं गरिसक्नु पर्नेछ, मे महिनाको पहिलो हप्तादेखि शरणार्थीका लागि भनेर बसेका कुनै पनि कार्यालय रहने छैनन् ।

अन्तमा उनले भने - यो कार्यमा अमेरिकालाई साथ दिन पुनर्वास दिने अन्य सातवटा देशका साथै सवै भुटानी शरणार्थीहरु, नेपाल सरकार र सम्वन्धित सवैलाई अमेरिकी सरकारका तर्फबाट म हार्दिक अनुरोध गर्दछु ।
Adapted from:TITOPIROMITHO.COM

No comments:

Post a Comment

My Speech during the Refugee Rights Day in Charlottetown,Canada