Saturday, March 13, 2010

SAARC Summit on April 28-29,Preparation Completed

The 16th summit of the South Asian Association for Regional Cooperation (SAARC) will be held in Bhutan on April 28-29 this year.
Leaders of the eight-nation group will focus on climate issues at the summit, an apparent regional follow-up of the United Nations (UN) Climate Change Conference in Copenhagen on securing global pledges on emission cuts.
Prime Minister Sheikh Hasina has already been invited to atend the summit
Diplomatic sources told BSS here on Saturday that nearly 450 delegates from the member-states Afghanistan, Bangladesh, India, Pakistan, the Maldives, Nepal, Sri Lanka and host country Bhutan are expected to atend the summit, besides a 150-member media team.
In addition, 68 editors and journalists from South Asia would participate in the South Asian Free Media Association (SAFMA) summit, a customary event parallel to the SAARC summit
The summit will also be atended by observers from China, Japan, European Union, Republic of Korea, USA, Australia, Mauritius and Iran.
The pre-summit meetings will commence in the third week of April at the Bhutan's Royal Banquet Hall while the main summit will be held at the country's National Assembly Hall.
The Bhutan Observer reported recently that Thimphu, Capital of the Himalayan Kingdom, would receive a major facelift with gates, flags and banners.

Monday, March 8, 2010

शरणार्थी सेरोफेरो

अन्तर्राष्ट्रिय महिला दिवस आज सातै भुटानी शरणार्थी शिविरहरूमा विभिन्न कार्यक्रम गरि मनाइयोयस क्रममा भुटानी शरणार्थी शिविर वेलडाँगीका महिलाहरूले महिला अधिकार नै मानव अधिकार हो भन्दै विभिन्न नाराका साथ शिविर परिक्रम गरि महिला मञ्चको खुल्ला प्रांगणमा कोण सभा गरेका थिए ।


नारीका प्रत्यक्ष तथा अप्रत्यक्ष पिडाहरुलाई सम्बोधन गर्ने उद्देश्यले भूटान मिडिया सोसाइटी र भुटानी महिला मञ्चको संयुक्त आयोजनमा (बेलडाँगी १को महिला मञ्चमा) शरणार्थी महिलाहरुको दयनिय अवस्था र दिन प्रतिदिन बढ्दो घरेलु हिंसालाई कसरी रोकथाम गर्न सकिन्छ भने विषयमा अर्न्तकृयात्मक छलफल गरि हरेक समस्याको समाधान खोज्ने प्रयास गरिएको छ ।
एक सय औं अर्न्तराष्ट्रिय श्रमिक महिला दिवसमा समाजका असहाय महिला तथा एकल महिलालाई अगाडि बढाउने उद्देश्य लिएर बेलडाँगी १ का चन्द्रमाया विश्व र दिलमाया राईलाई महिला मञ्चले उपहार दिएको थियो । उपहार लिएपछि दिलमाया र चन्द्रमायाले सहयोगी सस्थाहरु जि एच आर डि, नेदरलेन्डमा पूनरवास भएका भूटानीहरुलाई धन्यवाद दिएका दिए ।

महिला मञ्चका सल्लहकार अमर लिम्बु, भूपु क्याम्प सचिब शनिश्चरे मेनुका नेपाल, रनमाया चापागाई, शिविर सुपरिवेक्षक हर्क ब. राई, यूएनएचसिआरका प्रतिनिधि गंगा सेन, शिविर सचिब टि.बि.गुरुङ्ग आदिले युग परिवर्तन संगसंगै महिलाहरुको अधिकार पनि प्राप्त हुनुपर्छ भन्दै मन्तव्य राखेका दिए ।

सात शरणार्थी शिविरमा विभिन्न तरिकाले माहिला दिवस केन्द्रीय महिला मञ्चले सम्पन्न गरेका छन् भने बेलडागी १ मा पनि पूनवास भएका भूटानीहरुको सहयोग र विदेशी संस्था जिएचआर डिको संयुक्त सहयोगमा महिला दिवाश महिला मञ्चकी सचिब पुणिमाया राईको सभाध्याक्षतामा सम्पन्न भएको छ ।

गोलधाप शिविरमा भुटानी शरणार्थी महिला मञ्चले आयोजना गरेको कार्यक्रममा र्यालीका साथै वालन र संगीनी खेलि अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् ।

महिलाहरु कृयाशिलता एवम् सृजनशिलता नै विश्व परिवर्तनको नमुना हो भन्दै नेपाल सरकारका प्रतिनिधि हर्क ब. राईले भूटानी महिलाहरुलाई अग्रसर हु्ने प्रेरणा दिनु भएको थियो भने गंगा सेनले पुरुषहरुले पनि महिलाहरु को अधिकार संरक्षण गर्न अहम भुमिका खेल्नु पर्ने भन्दै चोटीलो महत्ब्य ब्यक्त गर्नुभएको थियो । साथै यूवा मैत्री केन्द्रका यूवाहरुले हामी पनि सक्छौं -महिला अधिकार खोज्न र शिविरलाई शान्त बनाउन भन्दै विभिन्न प्रकारका समाज परिवर्तन गर्ने खालका गित तथा नृत्य प्रस्तुत गरेकोमा प्रेरणा स्वरुप उपहार प्रदान गरियो ।
भूटानी शरणार्थी शिविर बेलाडगी २मा आज करिब १ बजेतिर एक भूटानी महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

शरणार्थी शिविर वेलडाँगी २, डी ४ छाप्रा नं. ५७ की पविमाया कार्कीले नजिकैको हम्सेदुम्से सामुदायिक वनमा गई आत्महत्या गरेकी हुन् । उनले पहिलेको श्रीमानलाई छोडेर अर्को पुरुषसँग दोश्रो विवाह गरेपछि समाजले उनलाई पहिलेकै श्रीमानसँग फर्किन दवाव दिएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
भुटानी शरणार्थी वालमञ्चले आजदेखि तीन दिने योजना तालिम दिन शुरु गरेको छ । सातै शिविरका गरि ३० जना वाल सहजकर्ता र केन्द्रीय पदाधिकारीहरुको सहभागितमा तालिम भइरहेको छ । असहाय वालवालिकाहरुको हितलाई ध्यान दिइ उक्त तालिमको आयोजना गरिएको हो । काठमाण्डौबाट आउनु भएका वाल विशेषज्ञ प्रतिनिधि प्रकाश कोइरालाले तालिममा सहजीकरण गरिरहनु भएको छ ।





.

My Speech during the Refugee Rights Day in Charlottetown,Canada