Sunday, April 11, 2010

Bhutanese Refugees updates from Jhapa

भूटानी शरणार्थी शिविर बेलडाँगीका तीनै वटा शिबिरका पसलहरूमा जाँडरक्सी तथा चुरोटविंडी खरिद विक्रीमा प्रतिबन्ध लगाइएको छ ।
शरणार्थी युवाहरुले चुरोट खाएर शिविरको घरधुरीमा चुरोटको टुक्रा ननिभाइ फाल्ने गरेकाले यो नियम क्याम्प ब्यवस्थापन समितिले लागु गरेको शिबिर सचिब टिवि गुरुङ्गले जानकारी दिनुभयो ।
शरणार्थी शिविरभित्र प्रवेश गर्ने जो सुकैले चुरोट तथा बिंडी पिउन सख्त मनाइ गरिएको छ । शरणार्थी युवाहरुले चुरोटमा गाँजा प्रयोग गरि पिउने गरेकोले वेहोस भई अनैतिक शब्द बोल्ने र जे गर्न मन लाग्यो त्यहि गर्ने गरेकाले त्यस्ता यूवा करिव ५० प्रतिशत पक्राउ गरि कार्वाही गरेको सशस्त्र प्रहरी बलका इन्चार्ज गुणराज बानियाले बताउनु भयो।
आज सशस्त्र प्रहरीले शिविरभित्र छापामारि एक दर्जन बढी चुरोटका बट्टा बरामद गरि नष्ट गरेको छ । त्यस्तै हिजो वेलडाँगी २ का छाप्राहरूमा छापा मारी प्रहरीले ३५ लिटर रक्सी र १६ बट्टा चुरोट बरामद गरेको थियो ।
शरणार्थी शिविरभित्र जाँडरक्सी र चुरोट बिंडी खरिद विक्री गर्न नपाइएने नियम भए पनि लुकीछिपी किनबेच गर्ने क्रम बढ्दो छ ।
शिविरभित्र सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । साँझ ७ बजेदेखि कोही पनि शिविरभित्र हिंडडुल गर्ने समेत निषेध गरिएको पनि बनियाले जानकारी दिनुभयो ।


परिचय पत्र लिन छुटेका शरणार्थीलाई सहायतामा रोक्का गरिएकोमा उनीहरुका प्रतिनिधिले सहायता खुल्ला गर्न आग्रह गरेका छन् । खुदुनाबारी शरणार्थी शिविरका सचिव भानु ढुंगानाले परिचय पत्र लिन छुटेका शरणार्थीलाई सहायता खुल्ला नगर्ने हो भने संकट सिर्जना हुने चेतावनी दिनु भएको छ । सातै शरणार्थी शिविरमा परिचय पत्र नलिने शरणार्थीको संख्या एक हजारको हाराहारीमा छ । छ महिना लगाएर नेपाल सरकारले सातै शरणार्थी शिविरमा परिचय पत्र बाँड्ने काम चार महिनाअघि मात्र सकेको थियो । त्यसपछि परिचय पत्र लिन छुटेका शरणार्थीलाई सहायता रोक्का गरिएको हो । शरणार्थी समन्वय इकाइबाट अनुमति नलिइ शिविरबाहिर पढ्न, काम गर्न तथा अन्य व्यक्तिगत कामका लागि शरणार्थी शिविरबाट बाहिर गएकाहरु परिचय पत्र लिनबाट वञ्चित भएका हुन् ।
गोलधाप शरणार्थी शिविरमा अन्तरसंस्था भलिवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन अस्ती गोलधाप शरणार्थी शिविर र सोही शिविरको युवामैत्री केन्द्रबीच भएको प्रतियोगितामा युवा मैत्री केन्द्रले जितेको थियो । त्यस्तै हिजो भएको प्रतियोगितामा व्लुमिङ लोटस इंग्लिस स्कूललाई आम्दाले जितेको थियो । गोलधाप शरणार्थी शिविरको इन्टेरियर साइन्स कर्नरले गरेको प्रतियोगिताको फाइनल खेल आउँदो बुधबार हुनेछ । प्रतियोगितामा लुथरन विश्वमहासंघ, शिविरको सुरक्षामा खटिएको सशस्त्र प्रहरी, कारितास, अंग्रेजी भाषा कक्षा लगायतका संस्था र समूहको सहभागिता छ ।


भुटानले आउँदो १० दश भित्रमा बैदेशिक ऋण लिन नपर्ने गरि आर्थिक विकासको नयाँ नीति ल्याएको छ । गएको शुक्रबार सार्वजनिक गरिएको नीति अनुसार भुटानले निजी साझेदारी अवधारणाको विकास गरि प्रत्यक्ष वैदेशिक लगानीलाई बढावा दिने भएको छ । नयाँ नीति अनुसार सूचना प्रविधि र शैक्षिक प्रणालीको विकास गर्ने लक्ष्य रहेको क्यूनसेल अनलाईलमा जनाइएको छ । त्यस्तै घरेलु र साना उद्योग सञ्चालन गर्न चाहनेलाई तीन बर्षसम्मको वहाल खर्च दिइने भएको छ ।

Update on Resettlement

अहिलेसम्म पुनरवास भएर तेश्रो देश जाने शरणार्थीको संख्या २८ हजार ६ सय सतासी पुगेको छ । शरणार्थीको पुनर्वासको व्यवस्थापकीय काम गर्दै आएको संस्था आइओएमका अनुसार सवैभन्दा बढी अमेरिकामा पुनर्वास भएका छन् । अहिलेसम्म अमेरिकामा २५ हजार चार सय ३८ शरणार्थी पुनरस्थापित भएका छन् । त्यसैगरि अष्ट्रेलियामा एक हजार तीन सय ११, क्यानाडामा एक हजार ७८, न्यूजिल्याण्डमा चारसय सात, नेदरल्याण्ड १२७, नर्वेमा ३२४ र डेनमार्कमा ३२६ शरणार्थी पुनर्स्थापित भएका छन् ।

My Speech during the Refugee Rights Day in Charlottetown,Canada